• शनिबार २२ कार्तिक २०८३ / Saturday, November 07,2026

भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रममा लायन्स क्लबको सहयोग

२०८३ कार्तिक १८ मंगलबार २१:५०:०० मा प्रकाशित

काठमाडौं । नेपाल सरकारद्वारा कात्तिक १७ र १८ गते देशव्यापी रूपमा सञ्चालन भएको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण अभियानमा लायन्स क्लब अफ काठमाडौँ निर्वानाले गोठाटार स्वास्थ्य चौकीसँगको सहकार्यमा सहभागिता जनाएको छ। 

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९, काडाघारीस्थित गान्धी अस्पतालमा सञ्चालित कार्यक्रममा पहिलो दिन ३३१ जना बालबालिकाले सेवा प्राप्त गरेका छन्। क्लबका अध्यक्ष लायन राजन राज खनालले बालबालिकाको स्वास्थ्य र स्वस्थ भविष्य निर्माणका लागि यस्ता जनस्वास्थ्य अभियानमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै सरकारी स्वास्थ्य अभियानलाई सफल बनाउन क्लबले सहकार्य गरेको जानकारी दिए ।

उनले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन नजिकैको स्वास्थ्य केन्द्रमा लैजान आग्रह गरे ।